Incident Reports

ढुङ्गाले हानेर जुम्लामा एक जनाको हत्या

2016-04-11

Karnali, Jumla, Chandannath

४ तालकोट मा अज्ञात समूहले ढुङ्गाले हानेर एक जनाको हत्या गरेका छन् । चन्दननाथ १५ गैरागाउाका वर्ष १९ का राजेश न्यौपानेको हत्या गरिएको हो । छुमचौरको लोठचौरमा राष्ट्रपतिकप रनिङशिल्ड प्रतियोगिता सञ्णचालन भैरहेको छ । न्यौपाने रनिङशिल्ड प्रतियोगिता हेर्न लोठचौर पुगेका थिए । पट्मारा गाविस रिनी गाउाकी एक जना केटीसंग राजेशको प्रेम प्रसंग चलेको त्यही सन्दर्भमा उनको हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ । खोला किनारमा वसेको वेला उनीमाथि एक्कासी आक्रमण भएको प्रहरीले जनाएको छ । आक्रमण हुदा राजेश भागेर जंगलको एक ओढारमा लुकेको बेला फेला पारेर ढुंगाले थिचेर हत्या गरिएको प्रहरी नायव उपरिक्षक विष्णुहरी कोइरालाले वताए । घटनास्थलमा पुगेर अनुसन्धान भईरहेकेा प्रहरीले जनाएको छ । मृतक न्यौपानेको शव प्रहरीले मुचुल्का गरेर पोष्र्टमाटमको लागि सदरमुकाम ल्याउने तयारी गरेको छ । घटनामा संलग्न भएको भन्दै ४ जना केटा र एक केटीलाई प्रहरीले पक्रेको छ । जिल्ला प्रशासन कार्यालयले सुरक्षा चुनौति देखिएको भन्दै रनिङ शिल्ड रद्ध गर्न निर्देशन गरिसकेको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जनाए । आइतवार देखि सुरु भएको उक्त प्रतियोगिता मंगलवार सम्म संचालन हुने भनिएपनि एक जनाको हत्या भएपछि सोमवार रनिङशिल्ड प्रतियोगिता स्थगित गरिने भएको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Extra-judicial response to perceived offenses to social or moral norms (other than witchcraft)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports