Incident Reports

अपहरणमा परि भारत पुगेका एक जनालाई नेपाल प्रहरीले गर्‍याे अपहरणमुक्त

2016-04-17

Lumbini, Banke, Nepalgunj

अपहरणमा परि भारतको रुपैडियामा पुगेका एकजना नेपालीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले भारतीय भूमीबाट अपहरणमुक्त गराएको छ । अपहरणमा संलग्न मनिकापुरकै भन्ना नाउँ, उनकी श्रीमती, नेपालगन्ज टांगा स्टेशनका राजु खाँ र भारत रुपइडिहाका शिवप्रसाद पाठकलाई समेत प्रहरीले पक्राउ गरेको छ । तर भारतीय प्रहरीले उनीहरुलाई नेपाल ल्याउन दिएका छैनन् । गएको चैत २६ गते बिहान ११ बजेदेखि बेपत्ता भएका नेपालगञ्ज उपमहानगरपालिक-२५, मनिकापुरका मुन्ताज नाउँलाई अपहरण गरि अपहरणकारीले २५ लाख रुपैयाँ फिरौती मागेका थिए । मुन्ताजलाई भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले शनिबार भारत बहराइच रिसियाबाट अपहरण मुक्त गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी भिमकिरण बोगटीले बताउनुभयो । मुन्ताजलाई सकुशल अपहरण मुक्त गराउन भारतीय प्रहरीले ठूलो सहयोग गर्‍यो जिल्ला प्रहरी कार्यालय बाँकेमा शनिबार आयोजित पत्रकार भेटघाटमा डिएसपी बोगटीले भन्नुभयो, ‘यो हाम्रो ठूलो उपलब्धी हो ।’ जिल्ला प्रहरी कार्यालय बाँकेले मुन्ताजको अपहरणमा संलग्न सबैै जनालाई भारतीय प्रहरीले नेपाल प्रहरीलाई दिन नमानेको जनाएको छ । डिएसपी बोगटीले अपहरणकारीलाई नेपाल ल्याउने पहल भइरहेको बताउनुभयो । अपहरणमा संलग्न मुन्नाको भारत रिसिया बजारस्थित डेराबाट प्रहरीले १ थान कटुवा पेस्तोल र चार थान मोवाइल समेत बरामद गरेको छ । नेपालगञ्जमा अटो रिक्सा चलाउँदै आएका नाउँ रुपइडिहाबाट अपहरणमा परेका थिए । रिसियास्थित एक घरमा नाउँलाई बन्धक बनाएर राखेको अवस्थामा प्रहरी टोलीले फेला पारेको जनाएको छ । नाउको रिक्सा रुपैडियामा अलपत्र अवस्थामा केही दिनअघि फेला परेको थियो । अपहरणमा परेका नाउँलाई पानीमात्र खान दिएर अध्यारो कोठामा राखेको अवस्थामा फेला पारेको बाँके प्रहरीले जनाएको छ । अपहरणमा परेका नाउँले चलाउँदै आएको रिक्सा रुपइडिहास्थित आँप बगैचामा फेला परेपछि नेपाल प्रहरीले उनलाई भारतमा राखिएको हुनसक्ने भन्दै भारतीय प्रहरीसँगको सहकार्यमा खोजतलास अगाडी बढाएको डिएसपी बोगटीले बताउनुभयो । अपहरणकारीले फिरौती बापत अपहरितका बुवा याकुब अलीलाई मोवाइलमा फोन गरी सुरुमा २५ लाख र पछि १५ लाख रुपैयाँ मागेका थिए । अपहरणमा परेका नाउँलाई मुक्त गराउन नेपाल प्रहरीले अपरेशन इगल सञ्चालन गरेको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Abducted 1
National/Online Media

0 Comments

Related Reports