Incident Reports

One Arrested on Charge of Raping Minor

2012-10-31

कैलाली । कात्तिक १४ गते

धनगढी नपा-१२ जुगेडकी ७ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका १६ वर्षीय पदम विकलाई जिल्ला प्रहरी कार्यालय धनगढीले ०६९ कार्तिक १३ गते गिरफ्तार गरेको छ ।

 

पक्राउ परेको विकले सात वर्षीया बालिकालाई ०६९ कार्तिक १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाले जानकारी दियो ।

 

पीडित बालिका घरमा खेलिरहेको अवस्थामा पीडक भनिएका विकले बिस्कुट र चाउचाउ किनिदिने बाहनामा फकाएर बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसान्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडित बालिकाको स्वाथ्य परीक्षण ०६९ कार्तिक १२ गते सेती अञ्चल अस्पतालमा भएको थियो ।

सुरबहादुर परियार

Sur Bahadur Pariyar The District Police Office has arrested a 16-year-old boy of Jugeda in DhangadhiN.P.12 on October 29 on charge of raping a 7-year-old girl of same place.

According to police, the accused was arrested after the victim's family filed a rape case against the boy at the DPO on October 28.

Police informed that the boy raped the victim luring her with the promise of buying biscuit and noodles.

Medical check-up of the victim was conducted at the Seti Zonal Hospital on October 28.

Kailali/October 30

0 Comments