Incident Reports

चन्द नेतृत्वको माओवादीका दुई नेता पक्राउ

2016-04-23

Bagmati, Kathmandu, Budhanilakantha

प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका दुई जना नेतालाई पक्राउ गरेको छ । पार्टी केन्द्रीय सदस्य माइला लामा र विद्यार्थी नेता चिरञ्जीवी ढकाल पक्राउ परेका हुन् । महानगरी प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बिक्रमसिंह थापाले धम्क्याएर जर्वजस्ती चन्दा मागेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको बताए । कपनमा जारी पार्टीको आन्तरिक प्रशिक्षण कार्यक्रमबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उक्त पार्टीका विद्यार्थी नेता प्रकाश अधिकारीले कार्यक्रम स्थलबाट एक दर्जन कार्यकर्तालाई पक्राउ गरिएको बताए । बौद्ध शिक्षा सम्बन्धी प्रशिक्षण दिने पूरानो बानेश्वरमा रहेको निचिरेन सुसो इस्पि्रच्यूयल अर्गनाइजेसन नेपाल नामक संस्थासँग उनीहरुले १० लाख चन्दा माग गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त संस्थाका अध्यक्ष श्रीकृष्ण श्रेष्ठ र निर्देशक ईश्वरबाबु क्षत्रीलाई माओवादी कार्यकर्ताले हयात होटलमा बोलाई १० लाख चन्दाको डिमान्ड गरेका थिए । उनीहरुले चन्दा दिन नसक्ने जनाएपछि माओवादी कार्यकर्ताले संस्थाको कार्यालयमा प्रार्थना चलिरहेका बेला ताला लगाईदिएका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Extortion
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Entity CPN M
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Religious leader
Actor 2 - Youth na
National/Online Media

0 Comments