Incident Reports

कर्णाली राजमार्ग अनिश्चितकालीन बन्द

2016-04-27

Karnali, Jumla, Chandannath

कर्णाली यातायात व्यवसायी संघ प्रधान कार्यालय जुम्लाले बुधबार विहानदेखि अनिश्चितकालीन कर्णाली राजमार्ग बन्द गरेको छ। बन्दका कारण यात्रु विचल्लीमा परेका छन्। बन्दका कारण यात्रु पैदल हिँड्न बाध्य भएका छन्। चनदननाथ यातायात प्रालिले सेवा सञ्चालनमा गरेको करारनामा किर्ते भएको भन्दै छानबिन नहुँदासम्म राजमार्ग बन्द नखुल्ने कर्णाली यातायतका अध्यक्ष मिनबहादुर थापाले बताए। उनले चन्दननाथ प्रालिको नाममा अवैधानिक रुपमा कर्णालीमा बस सञ्चालन गर्न नमिल्ने भन्दै प्रक्रिया नपुगेसम्म चल्न नदिने बताए। यसअघि जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको सर्वदलीय, सर्वपक्षीय वैठकले वेशाख १७ गते देखि विना अवरोध प्रालिका बस चल्न पाउने निर्णय गरेको थियो। सयौं यात्रुहरु बस छुट्ने आसमा बसपार्कमा बसेका छन्। जुम्लादेखि सुर्खेत नेपालगञ्ज, काठमाण्डौ र छोटो दूरीमा चल्ने बस छुटन सकेका छैनन्। यता चन्दननाथ प्रालिले सर्वदलीय वैठकको निर्णय वमोजिम १७ गते विहानदेखि बस छुटाउने जनाएको छ। आफूहरुका कागजपत्र अवैध नभएको भन्दै अवैध भए अदालतमा गएर पुष्टी गराउन चेतावनी दिए। चन्दननाथ प्रालि शेयर होल्डर धुव्र थापाले आफूहरु स्वस्थ प्रतिष्पर्धा गर्न आएको भन्र्दै खारेज भई सकेको एकाधिकार प्रथा हटाउन स्थानीय प्रशासनलाई अनुरोध गरे। प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले चन्दननाथ प्रालिले अवैध कागजात पेश गरेको भए अदालतमा गएर रिट दायर गर्न सकिने बताए। उनले भने, 'उनीहरुले कम्पनी ऐन वमोजिम करारनामा गरिएको भन्दै कागजात किर्ते कार्वाहीको दायारमा ल्याउने छु।' प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले व्यवसायीबीचको आन्तरिक विवादले यात्रुको विचल्लीमा परेको भन्दै चाँडो दुवै पक्ष मिलेर यातायात सञ्चालनमा ल्याउन सुझाए । यात्रुहरुले आफूहरुले पाउनु पर्ने यातायात सेवा सञ्चालनको लागि माग गरेका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Road block
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports