Incident Reports

सल्यानमा एकै परिवारका तीनसहित ४ जनाको हत्या

2016-04-26

Karnali, Salyan, Chhatreshwori

सल्यानको छायाक्षेत्रमा बुधबार दुई बालबालिकासहित एकै घरका चार जनाको हत्या भएको छ । बुधबार बिहान ८ बजे छायाक्षेत्र–९ रानागाउँकी २२ वर्षकी सीता खान, सीताका छोरीहरु साढे दुई वर्षकी पवित्रा तथा डेढ वर्षकी सविताको हत्या भएको अवस्थामा शव फेला परेको हो । यस्तै मार्के घर भएकी सीताकी बहिनी १८ वर्षकी पवित्रा गिरीको पनि हत्या भएको प्रहरीले जनाएको छ । उनीहरु सबैको घरमै हत्या भएको सल्यानका प्रहरी प्रमुख डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिनुभयो । हत्याको कारण खुल्न नसकेको र घटनाको विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । उनीहरुको बलात्कारपछि मंगलबार रातिमा हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनास्थलमा अहिले डिएसपी खत्रीसहितको टोली पुगेको छ । क्षेत्रीय अनुसन्धान व्युरो नेपालगञ्जको टोली आउने प्रहरीले जनाएको छ । सीताका श्रीमान रमेश खान मजदुरीका लागी अहिले भारतमा छन् । घटनास्थलबाट प्रहरीले एउटा मोबाइल फेला पारेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 4
Female Killed 4
Youth Killed 4
National/Online Media

0 Comments