Incident Reports

रोजगारी र मोबाइलको लोभमा भारत पुर्याइएका बालकको मृत्यु

2016-04-25

Bagmati, Makawanpur, Hetauda

रोजगारी र मोबाइल सेटको लोभमा भारत पुर्याइएका मनहरी सिम्पानीका एक बालकको मृत्यु भएको छ । मङ्सिर ५ गते मासु प्याकिङको कामको लागि भन्दै भारतको अलिगढ गएका २० जना मध्ये मनहरी सिम्पानीका १६ बर्षीय तेजराज मुक्तानको मृत्यु भएको मकवानपुर प्रहरीले बताएको छ । नारी सीप सिर्जना केन्द्रको सहयोगमा मृतकको शव परिवारको जिम्मा लगाइएको मकवानपुर प्रहरी प्रमुख मिरा चौधरीले जानकारी दिइन । प्रहरीसँगको समन्वयमा मृतकसँगै थप पाँच जना बालकको उद्धार गरी अभिभावकको जिम्मा लगाइएको नारी सीप सृजना केन्द्रकी अध्यक्ष विष्णु ओझाले बताइन । उद्धार गरी ल्याइएका बालकहरुका अभिभावक र केन्द्रले मनहरीका टीकाराम थिङ र दीपक पाख्रिनले बालकलाई फकाएर भारतमा लगी बालश्रम शोषण र मानव वेचविखन गरिएको भन्दै उजुरी दिएको मकवानपुर प्रहरी प्रमुख चौधरीले बताइन । थिङ र पाख्रिनमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । मनहरी–७ ज्यामिरेका दीपक पाख्रिनले मासिक भारतीय साँढे १० हजार पारिश्रमिक पाउने र सबैलाई एक-एकवटा मोबाइल सेट दिइने भन्दै १४ देखि २० बर्ष उमेरसम्मका २० जनालाई ललाइफकाई भारत लगेको मृतकका अभिभावकले आरोप लगाएका छन् ।

0 Comments