Incident Reports

घरबाट हराएका बच्चा मृत फेला

2016-04-28

Madhes, Rautahat, Maulapur, Ward 6

घरबाट हराएका एक बालकको शव गाउँ नजिकैको पोखरीमा फेला परेको छ। रौतहटको मौलापुर-६ का सियाराम ठाकुरको ५ वर्षे छोरा ललन ठाकुरको शव फेला परेको हो। हजुर आमासँग गाउँमै छिमेकीको घरमा आएको विहेको जन्ती हेर्न गएको बेला बालक हराएका थिए। हराइरहेका बालकलाई खोजतलास गर्दै जाँदा बिहीबार राति गाउँछेउकै पोखरीमा मृत अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। ठाकुरको शव प्रहरीले पोखरीबाट बाहिर निकाल्ने क्रममा निजको टाउकोमा गहिरो चोट देखिएको छ। हराएका बालकलाई कसैले पछाडीबाट हिर्काएर पोखरीमा फालेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटना संकास्पद भएकाले मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा पठाइएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक केशव रेग्मीले बताए। घटनाको विषयमा गहनरुपमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रेग्मीले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments