Incident Reports

रङ्गीलादेवीका कारण जनकपुर बन्द

2016-04-29

Madhes, Dhanusha, Janakpur

निलम्बित सांसद सञ्जयकुमार साहकी श्रीमती रङ्गीला देवीलाई प्रहरीले अमानवीय व्यवहार गरेको भन्दै आज जनकपुर बन्द गरिएको छ। आफ्नो श्रीमान्को सञ्चार उद्यमी अरूण सिंघानिया हत्यामा संलग्नता नभएको दाबीसहित न्यायिक छानबिनको माग राखी जनक चोकमा आमरण अनशनमा बसेका बेला रङ्गीलालाई प्रहरीले अमानवीय व्यवहार गरी अस्पताल पुर्याएको भन्दै जनकपुर बन्द गरिएको हो। बन्दले व्यवसाय, उद्योग, यातायात र शैक्षिक प्रतिष्ठान प्रभावित भएको छ। वैशाख २ गतेदेखि अनशन बस्दै आएकी रङ्गीलाको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उपचारका लागि उनलाई अञ्चल अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रङ्गीलाले प्रहरीले हातपात गर्दै अस्पताल ल्याई उपचार गराउन दबाब दिइरहेको आरोप लगाएकी छिन्। यसैबीच जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवशङ्कर साहले रङ्गीलालाई प्रहरीले गरेको अमानवीय व्यवहारको विरोध गर्दै जनक चोकमा अनशन सुरु गरेका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments