Incident Reports

कांग्रेस नेता कृष्णभक्त श्रेष्ठ र छोरामाथि कुटपिट

2025-05-05

Bagmati, Bhaktapur, Suryabinayak, Ward 2

भक्तपुरको सूर्यविनायक नगरपालिका–२ का नेपाली कांग्रेसका वडा सभापति कृष्णभक्त श्रेष्ठ र उनका छोराहरुमाथि कुटपिट भएको छ । सभापति श्रेष्ठ र उनका छोरामाथि भएको कुटपिटको नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ भक्तपुरले विरोध गरेको छ ।

पार्टी क्षेत्र नं २ का सभापति भेषबहादुर थापाले सोमबार विज्ञप्ति जारी गरेर २२ वैशाखको विहान ९ बजे उनीहरुमाथि कुटपिट भएको भन्दै भर्त्सना गरेका छन् । घरमै रहेको अवस्थामा श्रेष्ठ परिवारलाई दर्जनौँ अपरिचित व्यक्तिहरुले कुटपिट गरेको विज्ञप्तिमा जनाइएको छ । स्थानीय राजन पौडेल र उनकी श्रीमती करुणालगायतले कुटपिट गरेको विज्ञप्तिमा उल्लेख छ । घटना सम्बन्धमा महानगरीय प्रहरी प्रभाग मध्यपुर थिमिमा निवेदन दिँदा निवेदनसमेत नलिएको भन्दै विरोध गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments