Analysis

लैङ्गिक समानता र सामाजिक समावेशीकरण - घटना अनुगमन प्रतिवेदन सन् २०१७

2018-08-03

लैङ्गिक समानता र सामाजिक समावेशीकरण (जेसी) सम्बन्धी मुद्दामा केन्द्रित यो प्रतिवेदन शान्तिका लागि साझा अभियान (कोक्याप) – नेपाल मोनिटरको नेपाल शान्ति अनुगमन परियोजना अन्तर्गत संकलित तथ्यांकहरूमा आधारित छ।

यो परियोजनाले राष्ट्रिय पत्रपत्रिकाका साथै विभिन्न २५ जिल्लाबाट प्रकाशित स्थानीय पत्रिकाहरू र प्रहरी, मानवअधिकारवादी संगठनहरू, नागरिक समाजका संगठनहरू र नागरिकहरूबाट प्रत्यक्ष प्राप्त हुने सूचना तथा जानकारीहरू मार्फत तथ्यांक संकलन गर्छ। यो प्रतिवेदनको उद्देश्य लैङ्गिक समानता र सामाजिक समावेशीकरणका क्षेत्रमा कार्यरत साझेदारहरूका लागि सन् २०१७ मा अभिलेखिकरण गरिएका घटनाहरूबाट प्राप्त निष्कर्ष प्रस्तुत गर्नु हो। साथसाथै कुनै पनि जातिय, लैङ्गिक र वर्गीय हिंसा या द्वन्द्वबारे सम्बन्धित सरकारी अधिकारी र निकायलाई पूर्व जानकारी दिने र सोको सम्बोधन गर्ने संयन्त्र तयार गर्नका लागि झक्झक्याउनु हो। यो व्यक्तिबाट व्यक्ति विधि (पीटुपी) द्वारा द्वन्द्व न्यूनीकरण र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी नीतिहरू कार्यान्वयनमा सुधार गर्नका लागि कोक्याप – नेपाल मोनिटरले गरेका कार्यको एउटा भाग हो।

प्रतिवेदनका मुख्य निस्कर्षहरु:

  • विभेद अन्त्य गर्न विभिन्न कानुन बनेपनि तिनको कार्यन्वयन भने कम्जोर रह्यो।
  • यौन हिंसा र घरेलु हिंसा सबैभन्दा धेरै हुने लैङ्गिक हिंसाका रुप हुन्।
  • हिंसात्मक घटनामा मारिने मध्ये सबै बढी मृत्यु लैङ्गिक हिंसाकै कारण हुने गरेको छ।
  • किशोरीहरू र अपांगता भएका व्यक्तिहरू दुव्र्यवहारको जोखिममा बढी पर्ने गरेका छन्।
  • दलितमाथि हुने विभेद कायमै रहेपनि सार्वजनिक अभिलेखमा पर्दैनन ।
  • निर्वाचन प्रणालीले सामाजिक समावेशीकरण सुधार गर्न उल्लेखनीय योगदान गरेपनि जनसंख्याको आधारमा दलित र महिलाको संसदमा प्रतिनिधित्व सबैभन्दा कम रह्यो।



0 Comments