Analysis

असार १४ को निर्वाचनअघि प्रचारप्रसार अवधिमा भएका घटनाहरु

2017-07-11

विश्लेषण अद्यावधि — ८

अवधिः जेठ २९ देखि असार ११, २०७४

प्रकाशितः असार २२, २०७४

असार १ मा नेपाल सरकारले प्रदेश २ मा दोश्रो चरणको निर्वाचन स्थगन गर्दै असोज २ मा गर्ने तर प्रदेश १, ५ र ७ मा तोकिएकै मिति असार १४ मा नै सम्पन्न गर्ने घोषणा गरियो । सरकारले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले प्रदेश २ मा चुनावमा भाग लिनको निम्ति वातावरण बनाउन अझ बढी समय लिन सो निर्णय राजपासँगको समझदारीमा लिएको बतायो । राजपाले, यद्यपि, त्यस्तो कुनै सम्झौता नगरेको भन्दै सबै प्रदेशमा निर्वाचन स्थगन गर्नुपर्ने आह्वान जारी नै राख्यो । उनीहरुको माग सम्बोधन नहुञ्जेल निर्वाचनमा भाग नलिने अडान दोहोर्याउदै राजपाले असार १४ को चुनाव बहिष्कार गर्ने र बिथोल्ने घोषणा गरियो ।

यो प्रतिवेदन डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डिआरसीएन) र शान्तिका लागि साझा अभियान (कोक्याप)÷नेपाल मोनिटरले आउँदो निर्वाचनको अवधिभर प्रकाशन गर्ने आवधिक विश्लेषण अद्यावधि शृङ्खलाको आठौँ संस्करण हो । यस परियोजनाले द एशिया फाउन्डेशन र द कार्टर सेन्टरबाट आर्थिक र प्राविधिक सहायता प्राप्त गरेको छ ।

0 Comments