Incident Reports

सल्यानका जिशिअमाथि कालोमासो

2016-05-03

Karnali, Salyan, Sharada

जिल्ला शिक्षा अधिकारी बरखु प्रसाद रजकलाई कालोमासो दलिएको छ । विप्लव नेतृत्वको नेकपा माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीले अधिकारीमाथि कालोमासो दलेको हो । मंगलबार बिहान सवा ११ बजे कार्यकक्षमा बसी रहेको अवस्थामा ४ जनाको समूहमा आएका विद्यार्थीले रजकमाथि कालोमासो दलेका हुन् । कालोमासो दले लगत्तै ती व्यक्तिहरु भागेका थिए । अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष कमल वलीको नेतृत्वमा पुगको टोलीले आफुमाथि कालोमासो दलेको जिल्ला शिक्षा अधिकारी रजकले बताए । जिल्लाको समग्र शिक्षाको अवस्था, सम्भावना र चुनौतीका विषयमा सौहार्दपूर्ण वातावरणमा छलफल भई रहेको अवस्थामा अकस्मात आफुमाथि कमल वलीले कालोमासो दलेको उनले बताए ,। जिल्ला शिक्षा अधिकारी रजकमाथि आफ्नो संगठनले कालोमासो दलेको अखिल क्रान्तिकारीले जिम्मेवारी लिएको छ । संगठनका लगत्तै विज्ञप्ती जारी गर्दै जिम्मेवारी लिएको हो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments