Incident Reports

कारबाहीको माग गर्दै पतिविरुद्ध उजुरी

2016-02-29

Karnali, Dolpa, Shey Phoksundo

भिजेर गाविस-९ की ४२ वर्षीया जाग्मु लामालाई पति नाम्गेल क्यालजन लामाले मार्ने धम्की दिई कुटपिट गरेको भन्दै पीडितले कारबाहीको मागगर्दै वैशाख २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । सदरमुकाम दुनैदेखि चार दिनको पैदल यात्रापछि पुगिने भिजेर गाविसको कु गाउँबाट पतिको हिंसा सहन नसकेर जिल्ला प्रहरी कार्यालय दुनै पुगेको पीडित जाग्मु लामाले भनिन् । जाग्मु भन्छिन "पति अर्कै महिलासँग लागेको छ, मलाई राम्री छैनस् तलाई मारेर फाल्छु भन्दै पटकपटक कुटपिट गर्छन् ।" शरीरभर घाउ देखाउँदै उनले भनिन् बाध्य भएर सुरक्षाको लागि प्रहरी कार्यालयमा निवेदन दिएको हुँ । जिल्ला प्रहरी कार्यालयका प्रमुख ध्रुवराज रावतले भिजेर गाविस टाढा रहेकोले अनुसन्धानमा ढिला भएको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments