Incident Reports

ढोका बाहिर ताल्चा, भित्र युवतीको शव

2016-05-05

Bagmati, Bhaktapur, Suryabinayak

भक्तपुरको सूर्य बिनायकमा एक युवतीको शव फेला परेको छ। नुवाकोट रातोमाटे घर भइ सूर्यबिनायकमा डेरामा बस्ने १८ वर्षीया युवती अन्जना थापाको शव भेटिएको भक्तपुर प्रहरी प्रमुख किरण बज्राचार्यले जानकारी दिईन। कोठाबाहिर ताल्चा लगाएको अवस्थामा भित्र ब्याङकेट ओढेको अवस्थामा उनको शव भेटिएको उनले बताईन । गत मंगलबारदेखि नै उनको ढोका बाहिरबाट बन्द भएको र आज बिहान गन्ध आएपछि घरधनीले आफूसँग रहेको साँचोले कोठा खोल्दा उनको शव भेटिएको थियो। कोटेश्वर बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययनरत उनको हत्या भएको हुन सक्ने प्रहरीले आंशका गरेको छ। बेला बेलामा उनले केटा साथी कोठामा लैजाने गरेको घरधनीले बताएका छन् । प्रहरीले ती केटाको पहिचान गरिसकेको छ। ती केटाले नै हत्या गरेर फरार भएको हुनसक्ने भन्दै प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments