Incident Reports

दाङमा १८ वर्यीय किशोरीको सामुहिक बलात्कार

2016-04-27

Lumbini, Dang, Tulsipur

तुलसीपुरमा एक जना किशोरीको सामुहिक बलात्कार भएको प्रहरीले बताएको छ। दाङको तुलसीपुर नगरपालिका १९ कटाँहामा १८ वर्षीया युवतीलाई बलात्कार पछि धारिलो औजार वा व्लेडले योनी काटेको प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ। उनको योनी व्लेड वा धारिलो औजारले काटेको देखिएको र त्यसबाट उनको अत्याधिक रक्तस्राव भएको जानकारी उपचारमा सम्लग्न चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ। १५ गते राति घरमा सुतिरहेकी किशोरीलाई अपरिचित युवाहरुले बलात्कार गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी कृष्ण प्रसाँईले जानकारी दिए। प्रहरीले किशोरीले पहिला आफ्नो प्रेमीलाई घरमा प्रवेश दिएपछि अन्य यूवाहरु पनि घुसेको हुन सक्ने र उनीहरुलेनै बलात्कार गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ। त्यही क्रममा किशोरीले प्रतिरोध गरेपछि युवाहरुले व्लेड वा धारिलो औजारले उनको यौनी चिरेको हुन सक्ने आशंका व्यक्त गरेको छ। घटनाको १४ दिन पछि मात्रै किशोरीको बलात्कार भएको पुष्टि भएको प्रहरीले बताएको छ। ल्याव परीक्षणको रिपोर्ट आउन समय लागेकोले घटना ढिलागरी सार्वजनिक गरिएको प्रहरीले जनाएको छ। यसअघि प्रहरीले बलात्कार भन्दा पनि अवैद्य गर्भ फाल्न ती किशोरीले औषधी खाँदा बढी ब्लडिङ भएको हुन सक्ने आशंका व्यक्त गरेको थियो। तर किशोरीका बाबु भारतवाट आएर आफ्नी छोरीमाथि बलात्कार भएको किटानी जाहेरी दिएपछि प्रहरीले स्थानीय एकजना युवालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो। अनुसन्धानबाट ती किशोरीको सामुहिक बलात्कार भएको खुल्न आएको ईप्रका तुलसीपुरका प्रमुख प्रसाँईले जानकारी दिए। १५ गते मध्यरातमा १८ वर्षीया किशोरी माथि सामुहिक बलात्कार गरेको खबर पाएलगतै प्रहरीले ती युवतीको उद्धार गरी राप्ती अञ्चल अस्पतालमा लामो समय उपचार गराएको थियो। घटनामा संलग्न अन्य युवाको खोजी भइरहेको प्रहरीले जनाएको छ। update............... तुलसीपुर १९ कटहाँमा वैशाख १५ गते सामुहिक वलात्कारमा परेकी किशोरी र उनका आफन्तले दोषिको पहिचान गरी हदैसम्मको कानुनी कारबाहीको माग गरेका छन्। तुलसीपुरमा पीडित परिवारजनले बिहीबार पत्रकार सम्मेलन गरी प्रहरीले गम्भीर प्रकृतिको घटनालाई सामान्यकरण गर्न खोजेको गुनासो गरेका छन्। उनीहरूले न्याय दिलाउन सहयोगका लागि अधिकारकर्मी र पत्रकारहरुलाई आग्रह पनि गरेका छन्। पीडित परिवारले तुलसीपुर नगपालिका १३ ठुटी गाउँ निवासी २७ वर्षीय खुमबहादुर वलीकाबिरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको बताए। घटना घटेको ९ दिनपछि पीडित किशोरीका बाबु भारतवाट आएपछि प्रहरीमा किटानी जाहेरीसहित मुद्दा दर्ता गराएका हुन्। पीडित किशोरी वैशाख १५ गते रातिको १० वजेतिर तुलसीपुर नगरपालिका वडा नं. १३ निवासी खुमवहादुर वलीले बालात्कृत किशोरीलाई फोन गरे। तर फोनमा केही अस्लिल शब्द बोल्न थालेपछि उनले फोन काटे। उनीहरू सीमाना जुधेका गाउँले हुन। एक अर्कालाई राम्रोसँग चिन्थे। तर त्यसको आधा घन्टाको अन्तरालमा ती किशोरीको घरको ढोका हान्न थाले। घरमा साना भाई बहिनी मात्रै थिए। पछि ‘म खुमबहादुर वली हुँ, निकै प्यास लागेको छ , पानी देउ भनेपछि पानी दिन ढोका खोलेकी हुँ,’ पत्रकार सम्मेलनमा उनले भक्कानिदै भनिन्, ‘तर वलीसहित मुखमा मास्क लगाएका केही व्यक्तिहरूले उनलाई हातखुट्टा समातेर लडाए। मुखमा बुझो लगाए। ‍कराउन पनि दिएनन्। अनि म माथि बालात्कार भयो।’ ती यौन पिचासुले किशोरीलाई त्यतिमै छोडेनन्। सामूहीक करणीपछि धारीलो हतियारले उनको गुप्ताङ चिर्न थाले। ‘खुकुरी हो की व्लेट हो मैले थाहाँ पाईनँ,’ ती किशोरीले पिडा पोखीन् ‘पछि मरी भनेर छोडेर भागेहोला सायद।’ म पीडा सहन गर्न नसकी कराएँ, चिच्चाएँ, गुहार मागेँ। त्यसपछि म बेहोस भएछु। मलाई गाउँलेले एम्वुलेन्समा हालेर राप्ती अञ्चल अस्पताल पुर्‍याएछन्। मेरो होस १६ गते बिहान १० बजेपछि मात्रै आयो,’ उनले भनिन्। ‘फेरि मलाई चिकित्सकले बेहासे पारे। बलात्कारीले धारीलो हतियारले मेरो गुप्ताङ काटेकोले १२ टाँका लगाउनु परेको डाक्टरहरूले बताए, उनले आँशु पुच्छै भनिन्, ‘मेरो ज्यानै लिने उदेश्यले योजनावद्ध तरिकाले म माथि बालात्कार पछि योनी चिरियो जस्तो मलाई लाग्छ।’ पानी माग्ने आएका गाउँले खुमवहादुर वलीसहितका सामूहीक बलात्कारमा सम्लग्न सबैलाई पहिचान गरी कानुन बमोजिम हदैसम्मको कारवाही हुनुपर्ने उनले बताइन्। ‘यौन पिपासु सबैलाई कानुनी दायरामा ल्याउन सबैले सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएकी छु,’ पीडित किशोरीले भनिन्। उनका परिवारजनले उनीमाथि भएको अत्याचारविरुद्ध आवाज उठाएर सहयोग गर्न आग्रह गरेका छन्। पत्रकार सम्मेलनमा नयाँ शक्ति नेपाल पार्टीका वामदेव भुसाल,दलित संघका खेम विक, चूर्ण सुनार, वादी महिला नेतृ मिना नेपाली वादी लगायतले सामुहिक वलात्कारका दोषि पत्ता लगाई कानुनी कारबाहीको माग गरेका थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons Sharp weapon
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments