Incident Reports

बहुविवाह घटनाका आरोपितहरू गिरफ्तार

2016-05-12

Madhes, Saptari, Shambhunath

नकटी रायपुर गाविस-३ की २३ वर्षीया मन्जुकुमारी साहका पति २६ वर्षीय राजु साहले पत्थरगाढा गाविस-१ महुकीकी १७ वर्षीया रम्भाकुमारी साहसँग अर्को विवाह गरेको आरोपमा प्रहरीले आरोपितहरूलाई वैशाख २९ गते गिरफ्तार गरेको छ । सामाजिक परम्पराअनुसार विवाहित पीडिततर्फ दुई वर्षीया र छ महिनाकी छोरी छन् । पीडिततर्फ छोरी मात्र जन्मिएको भन्दै आरोपितले ०७३ वैशाख २२ गते अर्को विवाह गरी वैशाख २३ गते घर भित्र्याएपछि पीडितले वैशाख २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडित मञ्जुकुमारी अहिले कटैया गाविस-५ स्थित माइतीघरमा बसिरहेकी छन् ।

0 Comments