Incident Reports

रक्सीको नशामा हँसियाले रेटेर श्रीमतीको हत्या

2016-05-12

Gandaki, Baglung, Tara Khola

बागलुङको पाण्डवखानी–९ का २९ वर्षीया नवीनबहादुर पुनले आफ्नै श्रीमतीको हत्या गरेका छन् । रक्सी सेवन गरेका पुनले सामान्य घरायसी विवादमा ३३ वर्षीया श्रीमती गौतमी पुनको धारिलो हतियार प्रयोग गरी हत्या गरेको इलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख खड्गनारायण शाहले जानकारी दिए । पुनले बिहीबार हँसियाले श्रीमतीको घाँटीमा प्रहार गरेका थिए । घाँटीमा गहिरो चोट लागेर गम्भीर घाइते भएकी पुनलाई उपचारका लागि हटिया ल्याउँदै गर्दा बाटोमै मुत्यु भएको जनाइएको छ । मदिरा सेवन गरेका बेला आवेशमा श्रीमतीलाई हतियार प्रहार गरेको नवीनले प्रहरीसामु स्वीकारेका छन् । पुनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । मृतक गौमती पुनको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरमा राखिएको छ । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments