Incident Reports

सञ्चार उद्यमी सिंघानिया हत्याका मुख्य सुटर पक्राउ

2016-05-13

Madhes, Dhanusha, Janakpur

सञ्चार उद्यमी अरुण सिंघानिया हत्याका मुख्य सुटर मानिएका मनक लामालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध अनुसन्धान शाखाको टोलीले लामालाई नेपाल-भारत सीमा क्षेत्रको विराटनगर नजिकबाट पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेका लामालाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याएर अनुसन्धान जारी राखिएको छ । लामा प्रहरीलाई छल्दै मलेसिया बस्दै आएका थिए । लामा विदेशबाट फर्केपछि छिमेकी मुलुक भारतको विभिन्न शहरमा लुकीछिपी बस्दै आएका थिए । पक्राउ परेका लामालाई आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारीमा जिल्ला प्रहरी कार्यालय रहेको स्रोतले बताएको छ । सञ्चार उद्यमी सिंघानिया हत्या आरोपमा अहिलेसम्म ६ जना पक्राउ परिसकेका छन् । विक्रम संवत् ०६६ फागुन १७ गते होली पर्वका दिन सिंघानियाको जनकपुरको शिवचोकमा गोली हानी हत्या गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth youth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports