Incident Reports

झगडा मिलाउन गएका प्रहरीमाथि आक्रमण

2016-05-14

डडेल्धुराको जिल्ला कारागारबाट गाउँले बीच भएको झगडा मिलाउन गएका प्रहरीलाई हँसिया प्रहार गरी साङ्घातिक आक्रमण गरिएको छ । शनिबार बेलुका गाउँले बीच भएको झगडालाई शान्त गर्न अमरगढी नगरपालिका–५ कीर्तिपुर बजार नजिक पर्ने जिलोडा गाउँमा पुगेका प्रहरीमाथि झगडालुले हँसिया प्रहार गरी दुईजना प्रहरीलाई घाइते बनाएको हो । झगडा शान्त गर्ने क्रममा जिलोडा गाउँमा पुगेका प्रहरी हवल्दार जगदीश पन्त र प्रहरी जवान पदम बोगटीमाथि हँसिया प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ । गाउँलेसँग विवाद गरिरहेको जिलोडा गाउँका ४० वर्षीया धने ताम्राकारले प्रहरीलाई हँसियाले साङ्घातिक हमला गरेको घाइते भएका हवल्दार पन्तले बताए। हवल्दार पन्तको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ भने हातमा गहिरो घाउ भएका जवान बोगटीलाई थप उपचारका लागि नेपालगन्ज अस्पतालमा पठाइएको उपक्षेत्रीय अस्पतालले जनाएको छ । हँसिया प्रहार गर्ने ताम्राकारलाई जिल्ला प्रहरीले हिरासतमा लिएको छ । घटनाको छानबिन गरी कानुन बमोजिमको कारबाही गरिने जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ । 
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth noyouth
Total Injured 2
National/Online Media

0 Comments

Related Reports