Incident Reports

जन्म दिने आमालाई २० हजारमा बेचियो

2016-05-16

Lumbini, Banke, Kohalpur

जन्म दिने आमालाई समेत बेच्ने सिन्धुपाल्चोकका डिण्डु तामाङसहित मानव तस्करीमा संलग्न दुईजना इलाका प्रहरी कार्यालय कोहलपुरको फन्दामा परेका छन् । आमालाई वैदेशिक रोजगारको नाममा भारतको दिल्ली हुदै कुवेत पठाउने सिन्धुपाल्चोक जुवाचौर–४ का २७ डिण्डुसहित दुईजनालाई प्रहरीले बहिनी र फूपुकी छोरीलाई दिल्ली लाँदै गर्दा कोहलपुरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका कोहलपुरका इन्चार्ज प्रहरी नायव उपरीक्षक सुरेश काफ्लेले बताए । नायव उपरीक्षक काफ्लेका अनुसार डिण्डुले आमालाई कुवेत पठाउँदा दलालबाट २० हजार कमिसन खाएको प्रहरीसँग स्वीकार गरेका छन । इलाका प्रहरी कार्यालय कोहलपुरले कोहलपुर बसपार्कस्थित एक होटलबाट डिण्डु, सिन्धुपाल्चोक पाल्चोक–९ का ३६ लाक्पा सोनामा तामाङसहित डिण्डुकी बहिनी र फूपुकी छोरीसहित नियन्त्रणमा लिएको छ । शनिबार प्रक्राउ गरिएका उनीहरुलाई कोहलपुर प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । पक्राउ परेका किशोरीहरु १८ वर्ष भन्दा कम उमेरका रहेको प्रहरीले जनाएको छ । कोहलपर बसपार्कबाट दुई किशोरीलाई सीमा (जमुनाहा) कटाएवापत २०÷२० हजारका दरले पैसा दिने भन्ने व्यक्ति होटलमा बसेको भन्ने सूचनाका आधारमा छापा मारी नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए । मानवबेचविखनका मूख्य नाइके लाक्पाले एक किशोरी काठमाडौंबाट दिल्ली हुँदै खाडी मुलुकमा उडाएपछि एक लाख ५० हजार कमिसन लिने गरेको स्वीकारेको प्रहरीले जनाएको छ । जसमा आमासमेत बेच्ने डिण्डुले एक युवती बापत २० हजार पाउने गरेको स्वीकारेका छन् । अघिल्लो वर्ष मात्रै डिण्डुले आफ्नै आमालाई दिल्ली पु¥याएर २० हजार कमिसन लिएको प्रहरीसामू स्वीकारेको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए । हाल डिण्डुकी आमा कुवेत रहेको बताइए पनि उनको अवस्था खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार वैदेशिक रोजगारका लागि भन्दै दिल्ली पु¥याएपछि पहिले सिन्धुपाल्चोक घर भई हाल दिल्ली र दुबई बस्दै आएकी रेणु तामाङमार्फत लाक्पाले एक लाख ५० हजार र डिण्डुले २० हजार प्रत्येक पटक लिने गरेको सकारेका छन् । प्रहरीका अनुसार तामाङद्वयले पछिल्लो डेढ वर्षमा २४ किशोरी तथा युवतीलाई वैदेशिक रोजगारका लागि भन्दै दिल्ली पु¥याएका छन् । भूकम्पप्रभावित जिल्ला सिन्धुपाल्चोक र आसपासका जिल्लाबाट काठमाडाँै–नेपालगन्ज नाका हुँदै दिल्ली पु¥याउने गरेको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक काफ्ले बताए । उनले पक्राउ परेका मानव तस्करहरु मानव बेचविखन तथा आसोरपसार सम्बन्धी मुद्दा चलाएको बताए । केही समययता देशका विभिन्न ठाउँबाट कोहलपुर ल्याइ केही दिन राखेर नाका कटाउने गरेको पाइएको उनले बताए । पछिल्लो समय नेपालगन्ज लगायत बर्दियाको जमुनी नाका हुँदै किशोरी र महिलालाई सीमाना कटाउने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले बताएको छ ।

0 Comments