Incident Reports

बेवारिसे शव फेला

2016-05-16

Bagmati, Sindhupalchok, Sunkoshi

सिन्धुपाल्चोक जिल्लाको पाङ्ग्रेटार गाविस–६ लामोसाँघुमा आज बिहान एक पुरुषको बेवारिसे शव फेला परेको छ । अरनिको राजमार्गबाट १०० मिटर तल कच्ची सडकमा सो शव फेला परेको हो । अन्दाजी ३०-३५ वर्ष जतिको देखिने पुरुषको टाउकोमा गहिरो चोट लागेको देखिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डेले बताए । उहाँका अनुसार घटनास्थलमा रगत लागेको दाउराको चिर्पट फेला परेकाले हत्या भएको हुनसक्ने अनुमान गरिएको छ । घटनामा संलग्न हुनसक्ने अनुमानमा एक महिलालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports