Incident Reports

दाइजोमा खेत नपाउँदा बिवाह नै भाँडियो

2016-05-12

Madhes, Parsa, Sakhuwa Prasauni

 दाइजोमा नम्बरी खेत नपाउँदा पर्सामा वैवाहिक कार्यक्रम नै रोकिएको छ। पर्साको लखनपुर-४ का मथुरा साहकी छोरी सुनिता साह र पर्साकै महुवन-३ का गणेश साह कानुका छोरा हरिशंकर साहसँग वैशाख १७ गते तय भएको बिवाह रोकिएको हो। विवाहमा आउने जन्तीको स्वागत र व्यवस्थापनका लागि बेहुलीका बुबा मथुराले सबै तयारी पुरा गरिसकेको भए पनि बेहुला पक्षले जन्ती लिएर नआएपछि विवाह भाँडिएको हो। विवाहमा जन्तीलाइ खुवाउनका लागि बेहुलीको घरमा खानाका विभिन्न परिकार खेर गएको छ। बेहुली पक्षले बेहुला पक्षलाइ दाइजोमा नगद ५० हजार रुपैया र नम्बरी तीन कठ्ठा जग्गा दिने शर्तमा सुनिता र हरिशंकरको विहे बैशाख १७ गते हुने तय भएको थियो। दाइजोमा कबुल गरिएको अनुसार बेहुली सुनिताका बुबा मथुराले बेहुला हरिशंकरका बुबा गणेशलाइ नगद ५० हजार रुपैया बिवाह तय गरिएको मिति भन्दा एक हप्ता पहिले नै बुझाइसकेका थिए। तर नम्बरी जग्गा (खेत) बैंकमा धितो राखिएका कारण मथुराले आफनो नाममा मोही रहेको पाँच कठ्ठा १० धुर जग्गा दाइजोमा दिने प्रस्ताव राखेपछि बेहुला पक्षले अस्विकार गरेको थियो। यतिमात्रै होइन् बेहुला पक्षले त्यही निहुमा उनले बैशाख १४ गते बेहुलीको घरमा लैजानु पर्ने विहेको सगुन पनि लिएर गएनन्।बेहुलाको घरबाट सगुन नआएपछि चिन्तित भएका बेहुलीका बुबा मथुराले बैशाख १५ गते जिल्ला मालपोतमा कार्यालयमा गएर मोहीको पाँच कठ्ठा १० धुर जग्गा छोरी सुनिताको नाममा गरिदिए। छोरीको नाममा गरिएको मोहीको जग्गाको कागजात सहित मथुराले बैशाख १६ गते आफना एक जना आफन्तलाइ बेहुलाको घरमा पठाए। तर बेहुलाका बुबा गणेशले उल्टै बेहुली पक्षकालाइ हप्काएर फिर्ता पठाइदिए। यता, बैशाख १७ गते जन्ती आउने आशमा बसेका बेहुलीका बुबा राति अबेरसम्म पनि बेहुलाको जन्ती नआएपछि निराश भएका छन्। उनले भने, 'जन्ती आउँछ भनेर म ढुक्क थिए, जन्तीको स्वागतका लागि सबै तामझाम गरेका थियौ, तर जग्गाकै निहुँ बनाएर केटा पक्षले जन्ती ल्याएन, मेरो छोरीको भविष्यसँग खेलवाड गरे।' छोरीको विवाह भाँडिएपछि मथुराले दाइजोमा दिएको नगद फिर्ता र विहेको तयरीमा खर्चको क्षतिपूर्ति उपलब्ध गराइदिन माग गर्दै वैशाख २० गते जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिए। मथुराको उजुरीको आधारमा इलाका प्रहरी कार्यलय पोखरीयामा आइतवार प्रहरीको रोहबरमा पन्चायती (सर्वपक्षीय बैठक) बस्यो।पन्चायतिमा दाइजो नपाएको निहुमा बिबाह भाँडने बेहुला पक्षलाइ कानुनी कारबाही गर्नुको सट्टा गाँउका भद्रभलादमी र अगुवाहरुले पिडित बेहुली पक्षलाइ दबाब दिएर मिलापत्र गर्न लगाए। पञ्चायतीमा दाइजो बापत बेहुलाका बुबा गणेशले लिएको ५० हजार रुपैया नगद बेहुलीका बुबा मथुरालाइ फिर्ता दिने सहमति भएको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चक्र बहादुर शाहले बताए। पञ्चायतीमा दुवै पक्षले मिलापत्र गर्छौ भनेपछि प्रहरीले कार्वाही प्रकृया अगाडि बढाएन, उनले भने, ' गाँउसमाजले गरेको निर्णयको विरोधमा जादा प्रहरीलाइ नै अप्ठयारो पर्ने भएकाले हामीले हस्तक्षेप गरेनौ।' पन्चायतीले गरेको निर्णयप्रति पीडित बेहुलीका बुबा मथुरा भने सन्तुष्ट नभएको पन्चायतीमा सहभागी पोखरीयाका अगुवा धर्मेन्द्र चौरसीयाले बताए। उनले भने, 'ठूलाबडाको दबाब र करकापमा परेर बेहुलीका बुबाले सहमति जनाएका हुन्। दाइजोमा दिएको नगद र जन्तीको स्वागतका लागि गरिएको तयारीमा गरि दुई लाख रुपैया भन्दा बढी खर्च भएको बेहुलीका बुबा मथुराको भनाइ छ। उनले भने, 'दुई लाख भन्दा बढी खर्च भएको छ, यसले मेरो धन र धर्म दुवै खोसियो।' Update --------------- फरार बेहुलाका बाबु अस्पतालबाट पक्राउ दाइजोमा जग्गा नपाएको निहुँमा बिहे नै भाँडेर फरार बेहुलाका बुबालाई प्रहरीले पक्राउ गरेको छ । पर्साको महुवन गविस ३ का गणेश साहलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । साहलाई नारायणी उपक्षेत्रीय अस्पताल अगाडिबाट पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए । फरार रहेका गणेश उपचारका लागि अस्पतालमा आएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्रेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए । बेहुला हरि शंकर साह भने फरार नै रहेको र प्रहरीले उनको खोजी गरिरहेको भन्दै प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘ऊ जहाँ लुकेर बसेको भएपनि छिट्टै पक्राउ पर्छ ।’ पक्राउ परेका बेहुलाका बुबा गणेश विरुद्ध सामाजिक व्यवहार सुधार ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरेर आवश्यक कारबाही प्रकृया अगाडि बढाइएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए । पर्सा जिल्लामा दाइजोको विरुद्ध सामाजिक व्यवहार सुधार ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरिएको सम्भवत यो पहिलो घटना भएको जिल्ल प्रहरी कार्यालय पर्साले जनाएको छ । महिला हिंसा, दाइजो, बालविवाह जस्ता सामाजिक कुरुतीहरु रोक्नका लागि पर्सा प्रहरी गम्भीरताका साथ अगाडि बढेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । पर्साकै लखनपुर गाविस वडा नम्बर ४ घर भएकी बेहुली सुनिताका बुबा मथुरा साहले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा दिएको उजुरीको आधारमा प्रहरीले बुधबार बेहुलाका बुबा गणेशलाई पक्राउ गरेको हो । बेहुली पक्षको उजुरी परेलगत्तै बेहुला हरिशंकर र उनका बुबा गणेश दुवै जना फरार भएका थिए । जग्गामा दाइजो नपाको निहँुमै बिहे भाँडेर धोखाधडी गरेको भन्दै बेहुलीका बुबा मथुराले बेहुला र उनका बुबा दुवैजना विरुद्ध कार्वाहीको माग गर्दै मंगलबार जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएका थिए। मथुराकी छोरी सुनिता साहको विहे गणेशका छोरा हरिशंकरसंग बैशाख १७ गते हुने तय भएको थियो। तर दाइजोमा खेत नपाएको निहुमा बेहुला पक्षले जन्ती लिएर नगएपछि सुनिता र हरिशंकरको विहे नै भाँडिएको थियो । बेहुली पक्षले बेहुला पक्षलाई दाइजोमा नगद ५० हजार रुपैयाँ र नम्बरी तीन कठ्ठा जग्गा दिने शर्तमा सुनिता र हरिशंकरको बिहे वैशाख १७ गते हुने तय भएको थियो । दाइजोमा कबुल गरिएको अनुसार बेहुली सुनिताका बुबा मथुराले बेहुला हरिशंकरका बुबा गणेशलाई नगद ५० हजार रुपैयाँ बिहेको दिन भन्दा एक हप्ता पहिले नै बुझाइसकेका थिए । नम्बरी जग्गा बैंकमा धितो राखिएका कारण मथुराले आफनो नाममा मोही रहेको पाँच कठ्ठा १० धुर जग्गा दाइजोमा दिँदा पनि बेहुलाका बुबा गणेशले आफुलाई नम्बरी जग्गा नै चाँहिने अडान राखेर वैशाख १७ गते जन्ती लिएर नगएपछि सुनिता र हरिशंकरको बिहे भाडिएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Related to disputes over dowry
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments