Incident Reports

मँहगी र कालावजारी विरुद्ध नेविसंघ आन्दोलनमा

2016-05-19

Bagmati, Kathmandu, Kathmandu

प्रमुख प्रतिपक्षी कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकार विरुद्ध सडक प्रदर्शन थालेको छ । मँहगी, कालावजारीको मुद्दा लिएर विद्यार्थीहरु सडकमा आएका छन् । संघको काठमाडौं शाखाको अगुवाईमा बिहीबार प्रर्दशनीमार्ग स्थित विश्व भाषा क्याम्पसबाट सुरु भएको बिरोध र्‍याली पुतली सडक, बागबजार हुँदै रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । सरकार आफैले कालाबजारी गर्नेको संरक्षण गरेर बजारमा उपभोग्य सामग्रीको मूल्य बढाएको नेविसंघका नेता एवं प्रवक्ता यूपी लामिछानेले आरोप लगाए । 'कलावजारीया देखि शैक्षिक माफियासम्मको संरक्षण सरकारबाट भइरहेको छ,' उनले भने 'त्यस विरुद्ध हामी सडकमा आएका छौं । सरकार विरुद्ध अब हामी निरन्तर कार्यक्रम गर्छौ ।' उनले जेठ १० गते बिहान ८ बजे खाली सिलिन्डर र जार लिएर प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रर्दशन गरिने जनाए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Entity Nepali Congress
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments