Incident Reports

रुकुममा आमा-छोराको विभत्स हत्या

2016-05-15

Karnali, Rukum West, Tribeni

रूकुमको खारा-८, मा १५ महिनाको दुधे बालकसहित आमाको विभत्स हत्या भएको छ। एक साताअघि उनीहरूको हत्या भएको आशंका प्रहरीले गरेको छ। घर भित्रै हत्या भएको अवस्थामा ३० वर्षीया आमा गीता ओली र १५ महिनाको नावालक अमरको शव फेला परेको प्रहरीले जनाएको छ। श्रीमान कामको शिलशिलामा भारत रहेको मौका छोपी आमा–छोराको हत्या भएको प्रहरीले बताएको छ। बाहिर ताल्चा लगाएको अवस्थामा घर भित्रबाट गन्ध आएपछि स्थानीयवासीले प्रहरीलाई खवर गरेका थिए। उनीहरूको हत्या कसले, कहिले र किन गरेको हो भन्ने एकीन भने अनुसन्धान पछि मात्रै भन्न सकिने राप्ती अञ्चल प्रहरी प्रवक्ता तुलबहादुर कार्कीले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय रूकुमका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक पुष्पकमल श्रेष्ठले उनीहरुको धारिलो हतियार प्रयोग गरि हत्या भएको पाईएको र घटनाको अनुसन्धान सुरु गरिएको बताए। उनले करिब एक साता अगाडि उनीहरुको हत्या भएको हुन सक्ने आशंका व्यक्त गरे। मृतकको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ। घटनाको छानविनको लागि प्रहरीले मृतकको देवर,जेठाजु र जेठानी दिदीलाई पक्राउ गरेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 2
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments