Incident Reports

अवैध बालगृहबाट पाँच जना बालबालिकाको उद्धार

2016-05-30

Madhes, Sarlahi, Haripur

 जिल्ला बाल कल्याण समितिले अवैध रुपमा सञ्चालन भइरहेको बालगृहबाट जेठ १५ गते पाँच जना बालबालिकालाई उद्धार गरेको छ । सर्लाही नेत्रगञ्ज-३ स्थित निजी घरमा अवैध रुपमा सञ्चालन भइरहेको 'असल प्रयास सेवा सदन बालगृह'बाट चार जना बालक र एक जना बालिकालाई जिल्ला बाल कल्याण समितिले उद्धार गरेको हो । उद्धार गरिएका चार जनालाई हरिवन स्थित बालगृहमा र एक जनालाई अभिभावकको जिम्मा लगाइएको महिला तथा बालवालिका कार्यालयकी अधिकृत अम्बिका पौडेलले बताइन् । बालगृहमा घरायसी काम, धर्म परिवर्तनका लागि प्रशिक्षण दिएर क्रिश्चन धर्म अँगाल्न बालबालिकालाई बाध्य बनाउने गरेको सूचान पाएपछि बालगृहबाट बालबालिकाहरूलाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । बालबालिकालाई अबैध रुपमा राख्ने रोमिला जोशीलाई आवश्यक कारबाही गरिनेसमेत जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ढुङ्ग्रेखोला-४ स्थित सञ्चालनमा रहेको कल्पनाको 'जीवन नेपाल बालगृह'समेत कानुन विपरित सञ्चालन भएको पाइएको छ । बालगृह सञ्चालनका लागि अनुमति नलिएर आमा बुवा भएका कम उमेरका बालबालिकालाई समेत राख्ने गरेको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

0 Comments