Incident Reports

प्लास्टिकको पोकोमा भेटियो दुई शिशुको शव

2016-05-30

Province 1, Morang, Biratnagar

विराटनगर–१२ मा हत्या गरेर फ्यालेको अवस्थामा एउटै प्लाष्टिकमा नवजात शिशुका दुईवटा शव सोमबार दिउँसो फेला परेका छन् । विराटनगर–१२ को ग्रिनक्रस अस्पतालबाट घोगापुल चौकतर्फ जाने सडकको छेउमा नवजात शिशुको शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खवर गरेका थिए । मोरङ प्रहरीका प्रवक्ता डीएसपी योगेन्द्रसिंह थापाका अनुसार सडकको छेउमा एउटा कालो रंगको प्लाष्टिक भित्र पोको पारेर फ्यालेको अवस्थामा दुबै शिशुको शव फेला परेको हो । दुबै शिशु एउटै आमाबाट जन्मिएका जुम्ल्याहा छोरा भएको हुन सक्ने प्रहरीको अनुमान छ । अवैध सम्बन्धबाट जन्मिएका कारण हत्या गरेर शिशुलाई फ्यालेको हुन सक्ने आशंकामा प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । घटनामा संलग्न कसैलाई पनि पक्राउ भने गर्न नसकिएको र प्रहरीले खोजी थालेको डीएसपी थापाले बताए । दुबै शिशुको शव पोष्टमार्टमका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 2
Youth Killed 2
National/Online Media

0 Comments