Incident Reports

रुपन्देही एफएमको प्रशासन र लेखा शाखामा तालाबन्दी

2016-06-02

Lumbini, Rupandehi, Siddharthanagar

जानकारी नदिइ पत्रकारलाई निश्कासन गरेको गरेको भन्दै रुपन्देहीको भैरहवामा रहेको रुपन्देही एफएम को प्रशासन र लेखा शाखामा पत्रकारले तालाबन्दी गरेका छन् । पटकपटक एफएम सञ्चालक र व्यवस्थापन पक्षलाई निश्कासित पत्रकारहरु दिपेश पछाई र पुष्पा खनाललाई बिनासर्त पुनर्वहाली गर्न आग्रह गर्दा समेत बेवास्ता गरेकाले नेपाल पत्रकार महासंघ रुपन्देहीको अगुवाईमा तालबन्दी गरिएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसीले जानकारी दिनुभयो । निश्कासित पत्रकारहरुको पुनर्वहाली नभएसम्म आन्दोलन जारी रहने महासंघले बताएको छ । पत्रकार निश्कासनको प्रेस युनियन, प्रेस चौतारी, क्रान्तीकारी पत्रकार संघ, प्रगतीशिल पत्रकार संघ लगायतले पनि विरोध गरेका छन् । रुपन्देही एफएमका स्टेसन म्यानेजर शंकर पाण्डेले भने पत्रकार महासंघले पत्रकारको मात्रै नभएर व्यवस्थापन पक्षको पनि कुरा सुन्नु पर्ने बताउनुभयो । पत्रकारहरु पछाई र खनाललाई आफूहरुले निश्कासन गरनेको नभई उनीहरु आफै आउन छाडेको उहाँले दाबी गर्नुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Private company
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments