Incident Reports

शिक्षकद्वारा छात्रालाई कुटपिट

2016-06-02

Madhes, Siraha, Laxmipur Patari

सिरहाको पोखरभिण्डा-१ स्थित जनता डोमी चौधरी उच्च माध्यमिक विद्यालयका शिक्षकले एक छात्रालाई कुटपिट तथा दुर्व्यवहार गरेका छन्। पछाडिबाट ढुङ्गा फालेको भन्दै कक्षा १० मा अध्ययनरत १६ वर्षीया उपसना साहलाई बुधबार शिक्षक किसुनदेव ठाकुले कुटपिट तथा दुर्व्यवहार गरेका हुन्। उनले भनिन्, ‘ढुङ्गा कसले फाल्यो मलाई थाहा छैन। तर सरले तैंले नै फालेको भन्दै अचानक मुक्काले पिट्न थाल्नुभयो।’ पीडितका काका अरुण साहले कुटपिट गर्ने शिक्षकलाई कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनले आफू विद्यालयमा पुगेर शिक्षकलाई कारबाहीको माग गरेपछि होहल्ला गरेको भनी विद्यालयले उल्टै आफैंलाई माफी माग्न लगाएको गुनासो गरे। यता, शिक्षक ठाकुरले आफूले छात्रालाई कुटेर गल्ती गरेको स्वीकारेका छन्। उनले भने, ‘कक्षाकै अर्की छात्राले उपसनाले ढुङ्गा फालेको भनेपछि मैले रिसमा आएर उनलाई दुई-चार मुक्का हानेकै हुँ।’ यसैबीच, घटना मिलाउन छलफल गर्नुपर्ने बहानामा बिहीबार विद्यालय बन्द गरियो। पढ्नका लागि विद्यार्थीहरु विद्यालय पुगे पनि शिक्षकहरुले घर फर्काइदिए। प्रअ पशुपति यादवले यो विषयमा छलफल गरेर मात्र विद्यालय सुचारू हुने जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
National/Online Media

0 Comments