Incident Reports

बालबालिका भारत लैजाँदै गर्दा एकजना पक्राउ

2016-06-02

Lumbini, Rupandehi, Siddharthanagar

१६ वर्ष मुनिका बालबालिकालाई विभिन्न प्रलोभनमा पारी भारत लैजाँदै गरेको अवस्थामा रुपन्देही प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। चितवन जिल्लाका सात र गोरखा जिल्लाका दुई गरी नौ जना बालबालिका भारततर्फ लैजान लागेको अवस्थामा रुपन्देही प्रहरीको गस्ती टोलीले भैरहवास्थित बसपार्कबाट विहिबार एक अभियुक्त र नौ जना बालबालिकालाई नियन्त्रणमा लिएको थियो। भारतमा रोजगारी गर्दै आइरहेका गोर्खा जिल्ला मनकामना–३ बस्ने ३८ वर्षीय दिलबहादुर विकलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए। प्रहरीले घटनामा संलग्न विकलाई बालबालिकालाई बेचबिखन गर्नका लागि भारत लैजान लागेको आशङ्कामा नियन्त्रणमा लिएको र विकलाई मानव बेचबिखन बिरुद्धको मुद्दा चलाइएको उनले जानकारी दिए। भारत जानबाट बचेका नौ जना बालबालिकालाई प्रहरीले आफन्तको जिम्मा लगाएको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 9
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 9
Youth Abducted 9
National/Online Media

0 Comments