Incident Reports

गुणस्तरहीन सडक बनाएको भन्दै ठेकेदारको एक्साभेटरमा आगजनी

2016-06-02

Lumbini, Banke, Nepalgunj

चारलेन सडक अन्तर्गत निर्माणाधीन राँझा–जमुनाहा खण्ड निर्माणको जिम्मा लिएको ठेकेदार पप्पु कन्ट्रक्सन कम्पनीकोे एस्काभेटरमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादी निकट राष्ट्रिय युवा जनस्वयंसेवकले आगजनी गरेको छ। नेपालगन्ज–१३ आर्दशनगरस्थित ठेकेदार कम्पनीको अस्थायी कार्यालयमा राखिएको पार्किङ गरेर राखिएको उक्त एक्साभेटरमा बुधबार राति आगजनी गरिएको हो। घटनास्थलमा छाडिएको विज्ञप्तिका आधारमा आगजनी चन्द माओवादीकै संलग्नता रहेको पुष्टी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिप्रका बाँकेका प्रवक्ता (डिएसपी) भिमकिरण बोगटीले पार्किङ गरेर राखिएको एक्साभेटरमा आगजनी भएको बताए। आगजनीमा संलग्न व्यक्तिको खोजी कार्य जारी रहेको उनले जानकारी दिए । सडकको काम गुणस्तरहीन गरेको भन्दै आगजनी गरेको चन्द माओवादीले उल्लेख गरेको छ । राष्ट्रिय युवा जनस्वयम् सेवकका भेरी ब्युरो इन्चार्ज बलबहादुर मल्लले गुणस्तरहीन सडक निर्माण गरेकाले आगजनी गरेको र यस्ता कार्य नसच्याए थप कारबाही गर्ने चेतावनी दिएका छन्। सडक गुणस्तरहीन बनाएको भन्दै बाँकेमा चौतर्फी रुपमा विरोध भइरहेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 20
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports