Incident Reports

एउटा बन्दुक र ३ पेस्तोलसहित विद्यालयमा लुकेका एक भारतीय र एक नेपाली पक्राउ

2016-06-04

Madhes, Sarlahi, Malangawa

सर्लाही सदरमुकाम मलंगवाबाट अवैध रुपमा राखिएको तीन वटा पेस्तोल र एउटा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । सर्लाही सलेमपुर-१ का ३३ वर्षका देवेन्द्र यादव र भारत सीतामढीका ३२ वर्षका सुरेन्द्र राय पक्राउ परेका हुन् । ज्ञानोदय बोर्डिङ स्कुल मलंगवामा लुकिछिपी बसिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सीताराम रिजालले बताउनुभयो । उनीहरुलाई दुई वटा नलकटुवा पेस्तोल, एक थान इटालियन पेस्तोल, एक थान दुई नालको बन्दुक र ११ राउण्ड गोलीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । मलंगवामा शनिबार बिहान तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद जंगिलाल राय र संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष अशोक यादव पक्षबिच जग्गाको विषयमा भैरहेको विवाद मिलाउन गएको प्रहरीले उनीहरुलाई हतियारसहित पक्राउ गरेको हो । जग्गाको विवाद झडपमा परिणत हुनसक्ने आशंकामा भीडलाई लखेट्ने क्रममा दुई जनालाई हतियारसहित पक्राउ गरिएको डिएसपी रिजालले बताउनुभयो । उहाँका अनुसार दुई पक्षबिच विवादपछि झगडा हुँदा दुई जना सामान्य घाइते भएका छन् । जग्गाको सीमानामा सांसद रायले पर्खाल उठाएको विषयमा फोरम अध्यक्ष रायले असन्तुष्टी जनाएका र विवाद बढ्दै झगडा भएको हो । प्रहरीले बेलैमा भीडलाई हटाएकाले ठूलो दुर्घटना टरेको मलंगवाका बासिन्दाले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Assault (small group)
Weapons Small arms
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people 5
Actor 2 - Affiliation Other/multiple/unspecified political affiliation
Actor 2 - Entity Federal Socialist party
Actor 2 - Youth na
Total Injured 2
National/Online Media

0 Comments