Incident Reports

बलात्कारका आरोपितविरुद्ध एघार महिनापछि मुद्दा दर्ता

2016-06-05

Madhes, Saptari, Agnisair Krishna Savaran, Ward 1

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा बकधुवा गाविस-२ का २३ वर्षीय देवकुमार सदाविरुद्ध जिल्ला प्रहरी कार्यालयले ११ महिनापछि ०७३ जेठ २३ गते मुद्दा दर्ता गरेको छ । ०७२ असार २२ गते पीडितलाई बलात्कार गरेको आरोपमा आरोपित सदाविरुद्ध अदालतबाट परमादेश भएपछि बलात्कार मुद्दा दर्ता भएको सप्तरी प्रहरीले जनाएको छ । पीडितको उजुरी दर्ता नभएपछि पीडितले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयविरुद्ध ०७२ असार २९ गते परमादेश जारी गर्न माग गर्दै पुनरावेदन अदालतमा निवेदन दिएका थिए । पुनरावेदन अदालतका न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र राजकुमार वनको आदेशले ०७२ चैत १४ गते जाहेरी दरखास्त दर्ता गरिदिनु भनी परमादेश जारी भएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments