Incident Reports

यौन दुर्व्यहार आरोपी अहेव 'फरार'

2016-05-25

Province 1, Ilam, Sandakpur

स्थानीय युवतीमाथि यौनजन्य दुर्व्यहार आरोप लागेका जिल्लाका एक स्वास्थ्यकर्मी 'फरार' भएका छन्। माइमझुवा गाविसस्थित स्वास्थ्य चौकी इन्चार्ज असिस्टेन्ट हेल्थ वर्कर (अहेव) उमेश साह जेठ दोस्रो सातायता फरार रहेको प्रहरीले जनाएको छ । आफूलाई यौनजन्य दुर्व्यहार गरेको दाबी गर्दै स्थानीय २५ वर्षीया युवतीले सप्तरीको औरही गाविस–२ घर भएका साहविरुद्ध जिल्ला प्रशासन कार्यालयमा जेठ १२ मा उजुरी दिएकी थिइन् । सामाजिक संस्थामा कार्यरत ती युवतीले साहले कार्यस्थलमै आफ्नो शरीरमा हात लगाएर यौनजन्य दुर्व्यहार गरेको भन्दै उजुरी दिएको प्रशासनले जनाएको छ । साहले ती युवतीलाई मोबाइलमा 'तिम्रो इच्छा के छ ?' भन्दै एसएमएस पठाएका थिए । 'मेरो इच्छा केही छैन, तपाइँको ?' भन्ने जवाफसहितको आफ्नो जिज्ञासामा साहले 'एक–अर्कालाई माया गर्ने' प्रत्युत्तर पठाएको उनले बताइन् । डिएसपी रुकेश तण्डुकारले आफूविरुद्ध उजुरी परेपछि अहेव साह फरार रहेको बताए । 'उजुरी परेपछि साह कार्यालयमा हाजिर भएका छैनन् । हाम्रा सबै इकाईले खोजिरहे पनि पत्ता लगाउन सकिएको छैन,' डिएसपी तण्डुकारले भने, 'साहविरुद्ध निलम्बनसहित कारबाहीप्रक्रिया अघि बढेको छ ।'
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments