Incident Reports

कतार पठाउन भारत लैजाँदै गरिएका ६ महिलाको उद्धार

2016-06-05

Lumbini, Nawalparasi West, Palhi Nandan

नेपाली भूमि हुँदै भारतबाट कतार जान लागेका छ महिलालाई नवलपरासीबाट उद्धार गरिएको छ। भारतको दिल्ली हुँदै कतार लैजाने भन्दै रामु भनिने एक व्यक्तिको आश्वासनका आधारमा भारत जान लागेका अवस्थामा माइती नेपालको टोलीले महेशपुर नाकाबाट उनीहरुलाई उद्धार गरेको हो। उद्धार गरिएकामा चितवन, सिन्धुली, धादिङ र तनहुँका एक एक एक तथा नवलपरासीका दुई महिला रहेको माइती नेपाल आवधिक गृहका प्रमुख माया क्षेत्रीले जानकारी दिए। छमध्ये नवलपरासीका दुई जनालाई परिवारका साथमा घर पठाइएको र अन्य चार जनालाई पनि परामर्श दिएर आफन्तको जिम्मा लगाउने तयारी भइरहेको माइती नेपालले जनाएको छ। नेपाल भारत सीमा क्षेत्र हुँदै दैनिकजसो महिला बेचिन भारत पुग्ने गरेका छन्। दलालले विभिन्न बहानामा बेच्न लैजाने गरेको तथ्याङ्कले देखाएको छ। 
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 6
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Abducted 6
Female Abducted 6
National/Online Media

0 Comments