Incident Reports

ताप्लेजुङमा एक व्यक्ति घर भित्रै मृत भेटिए, हत्याको आशंका

2016-06-07

Province 1, Taplejung, Phungling

ताप्लेजुङको फुरुम्बु गाविसमा एक व्यक्तिको शव फेला परेको छ । फुरुम्बु-१ निवासी ४२ वर्षीय लालबहादुर खड्का घरमा मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले खड्काको हत्या भएको आशंकामा अनुसन्धान सुरु गरेको छ । ताप्लेजुङ नगरपालिका-७ बुद्ध चोकमा परिवारसँगै डेरामा बस्दै आएका खड्का अलैची गोडमेल गर्न सोमबार फुरुम्बुस्थित आफ्नो घर गएका थिए । राति करीब ११ बजे सदरमुकाममा रहेका परिवारसँग टेलिफोन सम्पर्कमा रहेका उनी मंगलबार मृत फेला परेको प्रहरीको भनाई छ । उनको घाँटी र शरिरका विभिन्न भागमा छुरा हानेको घाउ छ । घरको ढोका भित्रबाट चुकुल लगाएको र झ्याल खोलिएको छ । कसैले छुरा प्रहार गरी हत्या गरेर झ्यालबाट भागेको हुनसक्ने प्रहरीको प्रारम्भिक आशंका छ । विहान अबेरसम्म पनि खड्का नउठेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ढोका फोडेर हेर्दा खड्का मृत फेला परेको स्थानीयको भनाई छ । घटनास्थल सदरमुकामबाट करीब पाँच घण्टा पैदल दुरीमा पर्दछ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports