Incident Reports

बालिकाको हत्या आरोपमा आमासहित दुईजना गिरफ्तार

2016-06-05

Madhes, Mahottari, Gaushala

Ajaya Kumar Shah दुई वर्षीया छोरी मन्तरा साहको हत्या गरेको आरोपमा गौशला नपा-६ की २५ वर्षीया सागरदेवी साह र सोही ठाउँका २६ वर्षीय बच्चा साहलाई प्रहरीले जेठ २४ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अुनसार सागरदेवीले जेठ २३ गते छोरी मन्तराको हत्या गरी मरहा खोलामा गाडेकी थिइन् । सागरदेवीले छोरी हराएको हल्ला गाउँमा फैलाएर हत्या ढाकछोप गर्ने प्रयास गरेको पनि प्रहरीले जनाएको छ । तर, स्थानीय बासिन्दाले उनीमाथि शङ्का गर्दै प्रहरीलाई खबर गरेपछि प्रहरीले उनलाई गिरफ्तार गरेको जनाएको छ । प्रहरीले अनुसन्धान गर्दै जाँदा सागरदेवीले जेठ २४ गते छोरीको शव गाडेको ठाउँ देखाएपछि उक्त ठाउँबाट उत्खनन् गरी बालिकाको शव फेला पारेको हो । सागरदेवीले छोरी मन्तराको हत्यामा बच्चा साह पनि संलग्न रहेको र सँगै गएर खोलामा शव गाडेको बयान दिएको आधारमा बच्चा साहलाई पनि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । अजयकुमार साह
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC

0 Comments