Incident Reports

बहुविवाह घटनाका आरोपित गिरफ्तार

2016-06-08

Gandaki, Kaski, Pokhara Lekhnath

Bishnu Prasad Adhikari पोखरा उमनपा-१ नयाँगल्लीकी ३१ वर्षीया प्रमिला शाहीले बहुविवाह गरेको उजुरी गरेपछि ३६ वर्षीय पति राजेश शाही र उनकी कान्छी पत्नी ३० वर्षीया माया शाहीलाई प्रहरीले जेठ २५ गते गिरफ्तार गरेको छ । आरोपित शाहीले ०७२ चैत २ गते पोखरा उमनपा-१ की माया शाहीसँग अर्को विवाह गरेको भन्दै जेठी पत्नी प्रमिलाले जेठ २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । ०५८ वैशाखमा प्रमीलासँग सामाजिक परम्परा अनुसार विवाह गरेका राजेशले ०६५ सालमा खान लाउनसमेत नदिई घरबाट निकाला गरेपछि पीडित प्रमिला माइतीमा बस्दै आएकी थिइन् । विष्णुप्रसाद अधिकारी

0 Comments