Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-05-29

Gandaki, Baglung, Badigad

 १२ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय वाग्लुङले तारा गाविस-३ का २२ वर्षीय अनिल कँडेललाई जेठ २४ गते गिरफ्तार गरेको छ । आरोपित कँडेलले जेठ १७ गते पीडित बालिकालाई बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले जेठ २४ गते इलाका प्रहरी कार्यालय ताराखोलामा मौखिक जानकारी गराएपछि प्रहरीले अनुसन्धानका लागि गिरफ्तार गरेको जनाएको छ । छिमेकी र गाउँलेको दबावमा घटना सार्वजनिक गर्न डराएको भएपनि छोरीको अवस्था हेर्न नसकेर उजुरी दिने निश्कर्षमा पुगेको पीडितकी आमाले इन्सेक प्रतिनिधिलाई बताइन् । आरोपित र उनका परिवारले घटना सार्वजनिक गर्दा बालिका र परिवारको बेइज्जत हुने भन्दैं एक पटकको घटनालाई माफ गरिदिन र गाउँमै मिल्न आग्रह गरेको बालिकाकी आमाले बताइन् । उनले ०७३ जेठ २५ गते जिल्ला प्रहरी कार्यालय वाग्लुङमा लिखित उजुरी दिएकी छिन् । बालिकाको धौलागिरी अञ्चल अस्पतालमा स्वास्थ परीक्षण गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments