Incident Reports

बलात्कार गरेको कसुरमा आठ वर्षकैद र ५० हजार रुपियाँ क्षतिपूर्तिको फैसला

2016-06-09

Madhes, Bara, Jitpur Simara

१३ वर्षीया एक बालिकालाई बलात्कार गरेको ठहरमा बारा जिल्ला गढीमाई नपा-४ घर भई नेपाल विधुत प्राधिकरण मिर्चैयाको सव स्टेशनमा कार्यरत २७ वर्षीय रामबृक्ष चौधरीलाई जिल्ला अदालतले जेठ २७ गते आठ वर्षकैद र ५० हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश राजेन्द्र अधिकारीको इजलाशले सो फैसला गरेको सरकारी वकिल मनोज आचार्यले बताए । बलात्कारमा सहयोग गर्ने धनुषा जिल्ला रघुनाथपुर-६ घरभई हाल मिर्चैया नपा-५ की ४५ वर्षीया बिन्दु यादव र सिन्धुली जिल्ला दुधौली नपा-११ का २१ वर्षीया सुनिता विकसमेतलाई जनही ६ वर्षकैदको फैसला गरेको आचार्यले बताए । ०७२ पुस २ गते चौधरीले बलात्कार गरेको आरोपमा आरोपितविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा पुस ६ गते उजुरी दिएका थिए । बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा पुस ६ गते नै भएको थियो । इलाका प्रहरी कार्यालय मिर्चैयाले आरोपित रामबृक्ष र बिन्दुलाई पुस ६ गते र सुनिता विकलाई पुस ७ गते गिरफ्तार गरी अदालत पेश गरेकोमा जिल्ला अदालतले आरोपितहरूलाई पुस २९ गते पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments