Incident Reports

​७ वर्षकी बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

2016-06-04

Sudurpashchim, Bajhang, Bithadchir

सात वर्षकी बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । बिहीबार जिल्ला प्रहरी कार्यलयले सात वर्षकी बालिकालाई बलात्कार गर्ने सुनकुडा गाविस-५ का एक युवकलाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दले बताउनु भएको छ । जेठ २२ गते बालिकाको घरमा कोहि नभएको बेलामा आरोपितले चर्पीमा लगेर बलात्कार गरेको जाहेरी परेको प्रहरीले जनाएको छ । २२ गते घटना भएपनि जिल्ला प्रहरी कार्यलयमा २६ गते मात्र जाहेरी आएको र खोज तलास गर्दै जाँदा आरोपितलाई थलारामा फेला पारेको डिएसपि चन्दले बताउनुभएको छ । घटनाको अनुसन्धान सुरु भएको र थप जानकारी अनुसन्धानपछि मात्र खुल्ने चन्दले जानकारी दिनु भयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments