Incident Reports

१० हजारको लोभमा साथीको हत्या

2016-06-10

Bagmati, Kathmandu, Kathmandu, Ward 6

चोरी गरिएको रकमको लोभमा आफ्नै साथीको हत्या गरेको अभियोगमा सिन्धुपाल्चोकका बलराम ज्योतिलाई प्रहरीले काठमाडौंको दक्षिणढोकाबाट पक्राउ गरेको छ । उनीमाथी बौद्ध तीनचुलेमा संगै कोठामा बस्ने साथी लाक्पा तामाङलाई रडले टाउकोमा प्रहार गरी हत्या गरेको आरोप छ । सिन्धुपाल्चोक दुवाचौरका उनीहरु सात बर्षदेखि एउटै कोठामा बस्दै आएका थिए । गत बैशाख २० गते राति रक्सी खाएर चोरी गर्न निस्केका उनीहरु तीनचुलेको छहारी क्लव परिषरमा रक्सीले बेहोर भएर सुतेका मानिससँग १० हजार लुटेर भागेका थिए । पैसा लुटेर भाग्ने क्रममा नजिकै बन्दै गरेको घरबाट रडको टुक्रा लिएका ज्योतिले आरुबारीस्थित मंगलमान श्रेष्ठको खेतमा पुगेपछि साथी लाक्पालाई सोही रडले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । त्यसपछि सिन्धुपाल्चोक र काठमाडौंमा लुकिछिपी बस्दै आएका उनलाई प्रहरीको अपराध महाशाखाले हिजो पक्राउ गरेको हो । उनी यसअघिपनि चोरी र डाँकागिरीको मुद्धामा पक्राउ पर्दै छुट्दै गरेका पेशेवर चोर थिए । अभियुक्त ज्योतिलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिषर बौद्धमा राखिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Robbery
Weapons Blunt weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Secondary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Youth Abducted 00
National/Online Media

0 Comments

Related Reports