Incident Reports

गोली प्रहारबाट डोटीमा युवतीको मृत्यु [Updated]

2016-06-10

Sudurpashchim, Doti, Dipayal Silgadi, Ward 6

डोटीमा गोली प्रहारबाट एक किशोरीको मृत्यु भएको छ । डोटीको पचनाली गाविस–६ की २० वर्षीया मीना साँउदको अज्ञात व्यक्तिको गोली प्रहारबाट मृत्यु भएको बताइएको छ । गोली लागी ढलेकी मिनालाई उपचारका लागि दिपायलस्थित सुजङ्ग अस्पतालमा ल्याईएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिल्लीराज बिष्टले जानकारी दिए । बिष्टका अनुसार हत्याराको खोजी कार्य जारी रहेको छ । ‘सानो गोली छ, गोलीको खोका पनि भेटिएको छैन’ प्रहरी उपरीक्षक बिष्टले भने ‘गोली लागेको घाउ हेर्दा पेस्तौलले हानेको जस्तो देखिन्छ तर एकिन भईसकेको छैन ।’ पोष्टमार्टम हुन बाँकी रहेको र गोलीको खोका खोजी कार्य जारी रहेका वताउँदै बिष्टले कुन हतियार प्रयोग गरिएको हो भन्ने कुरा गोलीको आकारबाट मात्रै जानकारी हुने वताए । प्रारम्भिक अनुसन्धान अनुसार प्रेम सम्वन्ध बिगि्रएका कारण हत्या गरिएको हुन सक्ने देखिएको प्रहरी उपरीक्षक बिष्टले वताए । उनले भने ‘अनुसन्धान जारी छ, अहिलेने सवै कुरा भन्न सक्ने अवस्था त छैन तर प्रारम्भिक छानबिन गर्दा प्रेम सम्वन्ध बिग्रेका कारणनै घटना भएको जस्तो छ ।’ युवतीको लास पोष्टमार्टमका लागि डोटी जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । 

Update..... प्रेमसम्बन्ध टुटेपछि हत्या डोटीको पचनाली गाविस तलकोटमा भएको हत्याको रहस्य प्रेम सम्बन्ध रहेको प्रहरीले पुष्टि गरेको छ। करिब १२ दिनको प्रहरी अनुसन्धानपछि सो तथ्य सार्वजनिक गरिएको हो। जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी सो घटनाको प्रमाणसहित हत्यारालाई सार्वजनिक गरेको छ। करिब पाँच वर्षको लामो प्रेम सम्बन्ध डेढ वर्ष यता टुटेपछि त्यसले हत्याको रुप लिएको प्रहरीको भनाइ छ । वि.सं २०६७ साल मङ्सिर २७ गतेदेखि पचनाली गाविस तलकोटमा रहेको हरिहर उमाविमा अङ्ग्रेजी विषय अध्यापन गराउँदै आएका ३७ वर्षका शिक्षक लालबहादुर चन्दले सोही ठाउँ निवासी वर्ष २१ की मीना साउदको गोली हानी हत्या गरेको स्वीकार गरेका छन्। चन्दले गत जेठ २८ गते मीनाको गोली हानी हत्या गरेको स्विकारेका हुन्। चन्द विसं २०६८ सालबाट मृतक मीनाको घरमा डेरामा बस्दै आएका थिए। दोषी ठहरिएका हत्यारा चन्दविरुद्ध जिल्ला अदालत डोटीमा कर्तव्य ज्यान मुद्दा दायर भएको र हतियार तथा खरखजनाविरुद्धको मुद्दासमेत चल्ने उपरीक्षक दिल्लीराज विष्टले बताए। रासस

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports