Incident Reports

चन्द माओवादीद्वारा लमजुङमा एनसेलको टावरमा आगजनी

2016-06-11

Gandaki, Lamjung, Besishahar, Ward 8

नेत्रविक्रम चन्द नेतृत्वको माओवादी कार्यकर्ताले शनिबार हिलेटक्सार- ४, माझगाउँस्थित एनसेल मोबाइल फोनको टावरमा आगो लगाएका छन् । दिउँसो साँढे १२/१ बजेतिर आएको ४ जनाको समूहले मुख्य ढोकाको ताला फोडेर आगो लगाएको स्थानीयवासिन्दाले बताएका छन् । ‘नचिनेका ३/४ जनाको टोली गाउँमा आएका थिए’ स्थानीयलाई उद्धृत गर्दै हिलेटक्सारका अगुवा धनप्रसाद गुरुङले भने, ‘ताला फोडेर भित्र पस्दै जेनेरेटरमा आगो लगाए । अरु के भयो जानकारी भएन ।’ चन्द माओवादीले आगजनी कर्म स्वीकार गरेको छ । विद्यार्थी नेता सुजन अधिकारीले आफ्ना साथीहरुले एनसेनको टावरमा आक्रमण गरेको बताए । ‘यो हाम्रो राष्ट्रब्यापी कार्यक्रम हो । सरकारी सेवालाई समस्याग्रस्त बनाउने निनजी कम्पनीका सेवाप्रदायक संस्थालाई हामी छोड्दैनौं,’ उनले भने । डीएसपी समीरचन्द्र खरेलका अनुसार अपरान्ह साढे ४ बजेतिर खबर आएसँगै चिती प्रहरी चौकीबाट असाई लालबहादुर राना नेतृत्वको प्रहरी टोली घटनास्थल खटिएको र अहिले घटनास्थलमा पुगेको छ । मूल गेटको ताला फोडेर भित्र पसी चन्द माओवादी कार्यकर्ताले मोविल छर्केर जेनेरेटर लगायतका सामग्रीमा आगलागी गरेको उनले बताए । उनका अनुसार एनसेलमा जडित विभिन्न तारहरु समेत चुँडाएर छिन्नभिन्न बनाएका छन् भने पाटपूर्जा जलेको छ । क्षतिवारे विवरण आएको छैन । आगलागीका कारण उक्त क्षेत्रमा एनसेल मोवाइल सेवा अवरुद्ध भएको स्थानीयले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people 4
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments