Incident Reports

बालिका बलात्कार गरेको आरोपमा एक पक्राउ

2016-06-11

पाँच दिनअघि एक बालिकालाई बलात्कार गरी फरार रहेका अभियुक्त शनिबार पक्राउ परेका छन्। जिल्लाको पश्चिम पहाडी गाविस ओख्लेकी पाँच वर्षीया बालिका बलात्कार गरेर फरार भएका ओख्लेकै १८ वर्षीय ज्ञानबहादुर खड्कालाई उदयपुरको प्रहरी चौकी घुर्मीले शनिबार दिउँसो २ः०० बजे पक्राउ गरेको इलाका प्रहरी कार्यालय कटारीका निरीक्षक विक्रम लामाले बताए। लामाका अनुसार गत बुधबार दिउँसो घरमा कोही नभएको मौका छोपी बालिकामाथि जवरजस्ती गरेर खड्का फरार भएका थिए। भागेर काठमाडौं पुगेका उनलाई आफन्तमार्फत फकाएर ल्याउँदै गर्दा लेखानीको घुर्मी प्रहरीबाट नियन्त्रणमा लिइएको लामाले बताए। घटना भएको ३ दिन भइसके पनि शुक्रबार मात्र पीडित बालिकाले परिवारलाई सुनाएपछि सार्वजनिक भएको स्थानीय बाबुराम राईले बताए। घटनालगत्तै समाज भेला भई पीडकको खोजी गर्दा पीडक फरार रहेको पाइएपछि टोली खटाएर उनको खोजी कार्य सुरु भएको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments