Incident Reports

कुटपिट गरी घर निकाला गरेको भन्दै पति, जेठाजू र ससुराविरुद्ध उजुरी

2016-06-11

Madhes, Parsa, Parsagadhi

बागेश्वरी तित्रौनाकी २५ वर्षीया बवितादेवी सहनीलाई कुटपिट गरी घर निकाला गरेको आरोपमा २८ वर्षीय पति किशोरी सहनी, जेठाजु ३३ वर्षीय सुरेश सहनी र ससुरा ५७ वर्षीय स्वरुप सहनीविरुद्ध जेठ २७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला तथा बालवालिका सेवा केन्द्रमा उजुरी गरेकी छिन् । जेठ २५ गते राति पति, जेठाजु र ससुराले कुटपिट गरेको भन्दै पीडित बविताले प्रहरीमा उजुरी गरेकी हुन् । आरोपितहरूले लाठीले हिर्काउँदा पीडित महिलाको देब्रे खुट्टा नै भाँचिएको एक्सरे लिएर पीडित जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन् । उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भएको छ । कुटपिट गरेर उनीहरूले घर निकाला गरेकाले रातभरि घर नजीकैको बारीमा बस्नु परेको पीडित महिलाले जानकारी दिइन् । पर्सा प्रहरीले यस विषयमा आरोपितहरूलाई झिकाएर अनुसन्धान सुरु गरेको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Banishment/shunning
Secondary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Secondary Cause Domestic violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments