Incident Reports

वर्ल्ड भिजनको कार्यालयमा माओवादीको आगो

2016-06-11

Gandaki, Syangja, Putalibazar, Ward 4

RSS भूकम्पपछिको उद्धार तथा राहतमा सक्रिय वर्ल्ड भिजन इन्टरनेसनल नेपालको जिल्ला कार्यालयमा गएराति नेत्रविक्रम चन्द 'विप्लव' माओवादीले आगजनी गरेको छ। गएराति साढे १२ बजे तीनजनाको समूहले विदुर नगरपालिका-४ बट्टारमा रहेको वर्ल्ड भिजनको कार्यालय परिसरमा रहेको गाडीमा आगो लगाएका थिए। प्रत्यक्षदर्शी संस्थाका सुरक्षाकर्मी तुलबहादुर प्याकुरेलका अनुसार गेटपट्टिबाटै भित्र छिरेका तीनजनाले उनलाई धम्याएर गाडीमा आगो लगाई गेटै खोलेर भागेका थिए। आफूहरु विप्लव माओवादीको कार्यकर्ता भएको बताउनेहरुले गाडीमा आगो सल्काएपछि हल्ला गरेमा मार्ने धम्की दिएको प्याकुरेलले बताए। गाडीमा करिब ४५ मिनेट आगो लागेपछि मात्रै नियन्त्रणमा लिइएको छिमेकी शिवप्रसाद अधिकारीले बताए। बलिरहेको गाडीको आगोको राप घरको तेस्रो तलामा पुगेपछि उनीहरुले पछाडिको भागमा डोरी लगाएर बलिरहेको गाडी गेटबाट बाहिर पुर्याएका थिए।त्यसपछि घटनास्थलमा पुगेको दमकलले गाडी र घरमा लागेको आगो नियन्त्रणमा लिएको थियो। गाडीमा लागेको आगो घरमा सल्किँदा झ्याल तथा घरको बाहिरी भाग जलेको छ।कार्यालयको कागजात र सामग्री सुरक्षित रहेको वर्ल्ड भिजनका देवेन्द्रप्रसाद गुरुङले बताए। दोस्रो तथा तेस्रो तलामा रहेका मानिसलाई छतमा भर्याङ राखेर प्रहरी र छिमेकीले अर्को घरको छतमा निकालेर उद्धार गरेका थिए। घरधनी कृष्णप्रसाद अधिकारीका अनुसार तल्लो तलामा गाडीबाट आगो घरमा सल्किएपछि माथि रहेका परिवारका सदस्यलाई एक घन्टापछि मात्रै उद्धार गर्न सकिएको थियो। आइतबार बिहान सञ्चारमाध्यमसँग सम्पर्कमा आएका विप्लव नेतृत्वको नेकपा माओवादी नुवाकोटका एक नेताले उक्त आक्रमणको जिम्मेवारी आफ्नो पार्टीले लिएको बताए।तर आगो लगाउनुको कारणबारे उनले केही बोलेनन्। 
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) CSO/NGO
Actor 2 - Youth na
Total damaged Buildings 1
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments