Incident Reports

बालविवाह गराएको आरोपमा बाबुविरुद्ध उजुरी

2016-06-10

Bagmati, Rasuwa, Naukunda

१२ वर्षीया छोरीको बालविवाह गराएको भन्दै भोर्ले गाविस-८ का कृष्ण अगस्तीविरुद्ध महिला समुदायले जेठ २८ गते कालिकास्थान प्रहरी चौकीमा उजुरी दिएका छन् । महिला बालबालिका कार्यालयको आयोजनामा भएको समुदायमा आधारित संरक्षण प्राणली अनुगमनसम्बन्धी पाँच दिने तालिममा विभिन्न घटनाबारे छलफल भएपछि तालिममा सहभागी महिलाहरूले उक्त उजुरी गरेका हुन् । वैशाख १ गते नुवाकोट जिल्ला जिलिङ गाविसका २५ वर्षीय राजाराम पुडासैनीसँग भएको बालविवाहको घटनाबारे पनि छलफल भएपछि सहभागी महिलाहरूले कालिकास्थान प्रहरी चौकीमा ठाडो उजुरी दिएको महिला तथा बालबालिका कार्यालय प्रमुख अन्जु ढुङ्गानाले जानकारी दिइन् । बालिकाका बाबु कृष्ण अगस्तीको खोजी गरिरहेको र बालविवाह गर्ने, गराउनेविरुद्ध कानुनअनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालयका डीएसपी अबदेश विष्टले बताए ।

0 Comments