Incident Reports

मृत भेटिएकी महिलाको हत्या आशङ्का

2016-06-10

Province 1, Taplejung, Aathrai Tribeni

ताप्लेजुङको हाङ्पाङ गाविसमा शुक्रबार आफ्नै घरमा मृत अवस्थामा फेला परेकी रुपा आङ्बुहाङको हत्या भएको हुनसक्ने भन्दै उनका श्रीमान् र स्थानीयले गम्भीर अनुसन्धान गरिदिन प्रहरीलाई अनुरोध गरेका छन् । पैँतीस वर्षीया आङ्बुहाङको शरीरभरि चोटपटक देखिनुका साथै कपडासमेत च्यातिएको अवस्थामा फेला परेकाले हत्या भएको हुन सक्ने रुपाका श्रीमान् रतनकुमार आङ्बुहाङले बताए। जिल्ला अस्पतालमा आज शव परीक्षणपछि शव बुझ्दै रतनले आत्महत्या गर्नुपर्ने कुनै कारण नभएको दाबी गर्दै घरमा कोही नभएको मौका छोपेर कसैले हत्या गरेको हुनसक्ने भएकाले घटनाको गम्भीर अनुसन्धान गरिदिन आग्रह गरे। इलाका प्रहरी कार्यालय दोभानका प्रहरी निरीक्षक देवी फागोले घटना शङ्कास्पद भएको बताएका छन्। फागोले भने, ‘हाम्रो टोली पुग्दा रुपाको शव बाहिर आँगनमा थियो, नाबालक दुई छोराले झुन्डिएको अवस्थामा फेला पारेपछि पासो खोलेर घिसार्दै बाहिर पुर्‍याएको बयान दिएका थिए तर घटनालाई गम्भीररुपले अनुसन्धान गरिरहेका छौँ ।’ रुपाका दुई छोराले आमालाई झुन्डिएको ठाउँबाट आफूहरुले झारेको बयान प्रहरीलाई दिएको जनाइएको छ । घटनाको सूक्ष्मरुपले अनुसन्धान भइरहेको प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक रामबहादुर केसीको भनाइ छ । प्रनाउ केसीकाअनुसार अनुसन्धानका लागि रुपाका छोरालाई जिल्ला प्रहरी कार्यालयमा ल्याउने तयारी भएको छ । चाँडै घटनाको यथार्थता पत्ता लाग्ने भन्दै केसीले कसैले अपराध गरेको भए नछिप्ने बताए। रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Suicide
Weapons None
Primary Cause Unclear
Secondary Cause Other types of GBV
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments