Incident Reports

नेपाली बालिका अपहरण गरी लैजाने भारतीय पक्राउ

2016-06-11

Province 1, Morang, Belbari

नेपाली बालिकालाई अपहरण गरी लैजाँदै गरेको अवस्थामा एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ । सशस्त्रको टोली, जनपथ प्रहरी र स्थानीयबासीले अपहृत बालिकालाई पनि मोरङाको नोचा गाविस–७ गडेरियास्थित सीमा नजिकैबाट शनिबार सकुशल उद्धार गर्न पनि सफल भएको छ । बालिकासहित पक्राउ पर्नेमा भारतको अररिया ग्राम पञ्चायत–८ रामपुर घर बताउने ३० वर्षीय बिनोद ऋषिदेव छन् । मोरङकै नोचा गाविस–६ वस्ने २७ वर्षीय श्रीप्रसाद बैठाकी छोरी ५ वर्षीया प्रतिमा बैठा हराएको सूचना आएपछि सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट नोचाको टोली उद्धारका लागि परिचालित भएको थियो । बालिकालाई भारततर्फ लिएर जाँदै गरेको अवस्थामा सशस्त्रको टोली र जनपथ प्रहरीले ऋषिदेवलाई सीमा नजिकैबाट पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका ऋषिदेवलाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी सूचना शाखाले जानकारी दिएको छ ।

0 Comments